कान्छो खवर । आइतबार, कार्तिक ०२, २०८३
गाईघाट १ कार्तिक ।
खोटाङ आउदै गरेको सुमो जिप आइतबार बिहान सुनकोशीमा खस्दा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना नदिमा बेपत्ता भएका छन् । दुर्घटनामा परि चालक सहित चार जना घाइते भएका छन् ।
सिन्धुलीको फिक्कल गाउपालिका ६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट काठमाडौदेखि खोटाङ आउदै गरेको को १ ज २९७६ नम्बरको सुमो जिप आइतबार बिहान २.३० बजे सडकदेखि झण्डै २ सय मिटर तल नदिमा खस्दा तिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना स्थलमा रहेकोे तीन शबको पहिचान हुन नसकेको जनाएको छ । दसैंमा घर फर्कन आउदै गरेको यात्री बोकेको जिप दुर्घटना भएको हो ।
गाडी आफै अनियंत्रित भै सडकदेखि तल खसेको चालकको भनाइ उढृत गर्दै प्रहरीले जनाएको छ । दुर्घटनामा चालक ओखलढुंगाका २९ बर्षिय आशिष् बिष्ट , दिक्तेल खोटाङकी ३८ बर्षीया सम्झना राई निजकि १२ बर्षीया छोरी सिबानी र खोटाङका अन्कित बिक घाइते छन् ।
घाइतेहरुको घुर्मी स्वास्थ चौकीमा उपचार भैरहेको छ । नदिमा बेपत्ताको खोजीमा अहिले स्थानिय प्रशासनले गोताखोर टोलि परिचालन गरेको छ ।
बेपत्ताको खोजीमा ईलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरी सहितको टोलि परिचालन भैरहेको प्रहरीले जनाएको छ ।