कान्छो खवर । आइतबार, आश्विन १८, २०८३
गाईघाट १८ असोज ।
मलद्वारमा लुकाएर ल्याउदै गरेको अबस्थामा ब्राउन सुगर सहित एक युवा पक्राउ परेका छन् ।यात्री बसमा सवार बेलका नगरपालिका ५ घुम्नेका ३० बर्षिय प्रदीप बस्नेतलाई ६. २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
असोज १५ गते पक्राउ गरिएको उनलाई १६ गते बिहान दिसा गर्न लगाउदा प्लास्टिकले बेरी मलद्वारमा लुकाएर राखेको अबस्थामा उक्त ब्राउन सुगर बरामद भएको हो । प्रहरीले उक्त घटना दुई दिन पछी आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत उदयपुरबाट म्याद लिएर अनुसन्धानकोलागि प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्