०४ आश्विन २०८३, आइतबार

बेल्टारमा श्रीमानले धारीलो हतियार प्रयोग गरेर श्रीमती हत्या गरेका छन्

कान्छो खवर । आइतबार, आश्विन ०४, २०८३

गाईघाट  ४  असोज  ।

घरायसी विवादमा मादक पदार्थ सेबन गरि बेल्टारको डाडागाउमा आइतबार बिहान श्रीमानले धारीलो हतियार गरेर श्रीमतीको हत्या गरेका छन् ।

चौदण्डीगढी नगरपालिका २ डाडागाउका ५८ बर्षिय गन्दुराम राईले ४५ बर्षीया श्रीमती बिमलाको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवाद हुदा राईले मादक पदार्थ सेबन गरि श्रीमतीको गर्दनमा सिकल ” हसिया ” प्रहार गरि हत्या गरेको हो ।

मध्य रात १२.३० बजेको समयमा घरमै आपसी विवाद पछी उक्त घटना भएको प्रहरीले जनाएको छ । धारीलो हतियारको प्रयोगले गम्भीर रूपमा घाइते भएको उनको उपचारको क्रममा अस्पतालमा बिहान १.१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

श्रीमतीको हत्या पछि अस्थाई प्रहरी पोस्ट माडिबास पुगेर राई घटनाको जानकारी दिएर आत्मसमर्पण गरेका थिए । राईलाइ ईलाका प्रहरी कार्यालय बेल्टारमा हिरासतमा राखिएको छ । घटनाको अनुसन्धान भैरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्