१७ भाद्र २०८३, बुधबार

१७ भाद्र २०८३, बुधबार

उदयपुर सिमेन्ट उधोगको रिक्त महाप्रबन्धक खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति हुदै , उधोग संचालन हुने आश पलाएको कर्मचारीको भनाइ

कान्छो खवर । बुधबार, भाद्र १७, २०८३

गाईघाट  १७  भदौ  ।

सरकारले उदयपुर सिमेन्ट उधोगको रिक्त रहेको महाप्रबन्धक पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया सुरु गरेको छ ।

उधोग , आपूर्ति तथा बाणिज्य बिभागले बुधबार गोर्खापत्र दैनिकमा सूचना प्रकाशित गर्दै उधोगको रिक्त महाप्रबन्धकमा खुल्ला प्रतिस्पर्धाबाट दर्खास्त आबहानको सूचना प्रकाशित गरेको हो ।

यो सूचना प्रकाशितले अब उदयपुर सिमेन्ट उधोग संचालन गर्न सरकारले पुर्ण तयारी गरिरहेको संकेत देखिएको छ । मन्त्रालयले सिमेन्ट उधोगको महाप्रबन्धक नियुक्तिकोलागि यस अघि  समिति गठन हो । सोही समितिले आज नियुक्ति प्रक्रिया सुरु गरेको हो ।

उद्योगका पुर्ब कर्मचारी प्रथमलाल चौधरीले अब उधोग नियमित संचालन हुने छाडकाट देखिएको बताए । यो बिज्ञानले अब उधोग संचालन हुनेमा स्थानिय आशावादी देखिएको उनले बताए ।

निमित्त महाप्रबन्धक बैदनाथ झाले सरकारले आन्तरिक रूपमा उधोग संचालन गर्ने तयारी गरिरहेको अबस्थामा उधोगको रिक्त महाप्रबन्धक प्रतिस्पर्धाबाट नियुक्ति गर्ने तयारीले अब उधोग नियमित रूपमा संचालन हुने आशा पलाएको बताए ।

अब नेतृत्व चयन पछी उधोगले बिगत कै झै गति लिनेमा आफू ढुक्क रहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्