१४ बैशाख २०८३, सोमबार

पाच दिन अघि सुनकोशिमा बेपत्ता राईको शब मंगलबार फेला

कान्छो खवर । आइतबार, बैशाख १३, २०८३

गाईघाट  १३  बैशाख  ।

माछा मार्न जाने क्रममा पाच दिन अघि सुनकोसीमा बगेर बेपत्ता भएका एक जनाको शब सनिवार दिउसो फेला परेको छ ।

लिम्चुङबुङ गाउपालिका ५ चौलानेका ५१ बर्षिय रामशेर राईको शब रौतामाई गाउपालिकाको भदौरेस्थित सुनकोसी किनारमा दिउसो ३.४० बजे फेला परेको प्रहरीले जनाएको छ ।

गत मंगलबार अन्य ८ जना साथीहरू संग कोशीमा माछा मार्न जाने क्रममा राई लिम्चुङबुङ ४ सारनलुङस्थित सुनकोसी बाट बेपत्ता भएका थिए । दिउसो ११ बजे उनी बेपत्ता भए पछी स्थानिय र प्रहरी टोलि खोजीमा जुटेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

राई कोशीमा कसरी बेपत्ता भएको बारे प्रहरीले बिस्तृत रूपमा खुलाएको छैन । राई संग माछा गर्न गएका अन्य साथीहरु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

शबको आइतबार पोस्टमार्टम पछी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्