कान्छो खवर । शनिबार, बैशाख ०५, २०८३
गाईघाट ५ बैशाख ।
मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना बढे पछी मोटरसाइकल पछाडि बस्नेले समेत अब देखि आफ्नो सुरक्षाको लागि अनिवार्य रूपमा हेल्मेट लगाउनु पर्ने भएको छ ।
उक्त राजमार्गमा दिनहुँ जसो सवारी दुर्घटना भएर जनधनको क्षेती हुन थाले पछी ट्राफिक प्रहरीको सक्रियतामा आज देखि त्यस्तो नियम लागू गरिएको हो । सनिवार उक्त राजमार्गमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई रोकेर अब देखि पछिल्लो सिटमा बस्ने ब्यक्तिले समेत आफ्नो सुरक्षाको लागि अनिवार्य रूपमा हेल्मेट लगाउन अनुरोध गरेका छन् ।
अब देखि पछाडि बस्नेलाई समेत हेल्मेट लगाउन अनिवार्य गरेका छौ , तपाईहरु कै सुरक्षाको लागि हो । मोटरसाइकल चालक संग हात जोडदै ट्राफिक प्रहरीले भन्ने गरेका छन् ।
एक साता यता उक्त राजमार्गमा भएको सवारी दुर्घटनामा ३ जना मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार मात्र २ जनाको सवारी दुर्घटनामा परि ज्यान गएको छ भने एक जना घाइतेको उपचार भैरहेको प्रहरीले जनाएको छ ।