०४ बैशाख २०८३, शुक्रबार

सवारी दुर्घटनामा गम्भीर रूपमा घाइते राईको उपचारको क्रममा आज दिउसो मृत्यु

कान्छो खवर । शुक्रबार, बैशाख ०४, २०८३

गाईघाट  ४  बैशाख  ।

मदन भण्डारी लोकमार्गको बसाह बर्खेडाडा सडक खण्डमा भएको सडक दुर्घटनामा परि गम्भीर रूपमा घाइते भएका दुई मध्य एकको उपचारको क्रममा मृत्यु भएको छ ।

काठमाडौ देखि बिराटनगर तर्फ जादै गरेको ट्रक र रामपुर देखि बेल्टार तर्फ जादै गरेको मोटरसाइकल बिहान ९ बजे एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक ४० बर्षिय गजुरमान राई र उनकी बहिनि ३० बर्षिया शान्ति राई गम्भीर रूपमा घाइते भएका थिए ।

गजुरमानको उपचारको क्रममा दिउसो धरानस्थित बिपि कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्थानमा मृत्यु भएको हो । दुर्घटनामा घाइते मृतककि बैनीको भने अस्पतालमा उपचार भैरहेको मेयर कालुमान तामाङले बताए ।

प्रहरीले मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्