०६ बैशाख २०८३, आइतबार

बसाहको बर्खेडाडामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई जना घाइते

कान्छो खवर । शुक्रबार, बैशाख ०४, २०८३

गाईघाट  ४   बैशाख ।

मदन भण्डारी लोकमार्गको बर्खेडाडामा शुक्रबार बिहान दुई सवारी साधन एकआपसमा ठक्कर खादा भएको दुर्घटनामा परि दुई जना गम्भीर रूपमा घाइते भएका छन् ।

काठमाडौ देखि बिराटनगर तर्फ आउदै गरेको प्र .३-००६ ख ०३७ नम्बरको ट्रक र रामपुर देखि बेल्टार तर्फ जादै गरेको मोटरसाइकल चौदण्डीगढी नगरपालिका ४ बर्खेडाडा देखि ५ सय मिटर पश्चिम् तर्फको सडकमा बिहान ९ बजेको समयमा आपसमा ठोक्किदा मोटरसाइकलमा सवार चालक बेलका नपा ६ लामीडाडाका ४० बर्षिय गजुरमान राई र पछाडी बस्ने उनको बैनी बर्ष ३० कि शान्ति राई गम्भीर रूपमा घाइते भएको प्रहरीले जनाएको छ ।

दुबै घाइतेको स्थानियले  घटनास्थल देखि उद्घार गरेर धरानस्थित बिपि स्वास्थ बिज्ञान प्रतिस्थानम उपचारको लागि लगिएको छ । ट्रकका चालक र ट्रक लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्