२६ चैत्र २०८२, बिहिबार

२६ चैत्र २०८२, बिहिबार

बेलका नगरपालिकाको सबै सामुदायिक तथा सस्थागत बिध्यालयलाई परिपत्र , शैक्षिक सत्र सुरु हुनु अगाडि बिध्यार्थी भर्ना नगर्नु र कुनै पनि शुल्क नलिनु

कान्छो खवर । बिहिबार, चैत्र २६, २०८२

गाईघाट  २८  चैत  ।

बेलका नगरपालिकाले सबै सामुदायिक र सस्थागत बिध्यालयहरुलाई शैक्षिक सत्र सुरु हुनु भन्दा अगाडि बिध्यार्थी भर्ना नगर्न र कुनै पनि शुल्क नलिन परिपत्र गरेको छ ।

नगरपालिकाले चैत २५ गते सबै बिध्यालयलाई परिपत्र गर्दै त्यस्तो कार्य नगर्न निर्देशन गरेको हो ।संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार शैक्षिक सत्र सुरु हुनु अगाडि बिध्यार्थी भर्ना र कुनै पनि शुल्क नलिनु भन्ने ब्यहोराको  पत्र सबै बिध्यालयलाई सोमबार पठाइएको मेयर अशोक कार्कीले बताए ।

नगरको उक्त परिपत्र पछी कुनै बिध्यालयले त्यस्तो कार्य गरेको पाइएमा कानुन बमोजिम बिध्यालयलाई कारबाही गरिने उनलेे बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
ताजा अपडेट