२४ चैत्र २०८२, मंगलबार

२४ चैत्र २०८२, मंगलबार

बालमन्दिर माबीका प्रअ खड्कालाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत बिराटनगरको विपक्षीको नाममा अल्पकालीन आदेश , न्याय पाएको महसुस भएको खड्काको भनाइ

कान्छो खवर । मंगलबार, चैत्र २४, २०८२

गाईघाट   २४   चैत  ।

त्रियुगा नगरपालिकाले बालमन्दिर माध्यमिक बिध्यालयका  प्रधानाध्यापक जङ्गबहादुर खड्कालाई सो पद बाट  हटाएको बिषयमा उच्च अदालत बिराटनगरले अल्पकालीन जारी गरेको छ ।

उच्च अदालतका   न्यायाधीश महेन्द्रनाथ उपाध्यायको एकल इजलासले नगरपालिकाको उक्त निर्णय तत्कालकोलागि कार्यान्वयन नगर्नु / नगराउनु भनी विपक्षीको नाममा अल्पकालीन आदेश जारी गरेको हो ।

अदालतले मंगलबार नगपालिकाको नाममा जारी गरेको उत्प्रेषणयुक्त परमादेशमा उच्च अदालतको २०७६ को नियम ४२ बमोजिम अल्पकालीन आदेश जारी गरेको उल्लेख छ ।

आदेशमा निवेदकको माग बमोजिम बाटोको म्याद बाहेक १५ दिन भित्र विपक्षीहरुको हकमा आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न र भनिएको छ ।

नगरपालिकाले प्रअ खड्कालाई चैत १८ गते सो पद बाट हटाए पछी ऊनी कानुनी उपचारकोलागि उच्च अदालत बिराटनगर गएका थिए । उनलेे न्यायलय बाट तत्कालको लागि न्याय पाएको बताए ।

उनले ब्यक्तिगत पूर्वाग्रही बाट आफुलाई नगरपालिकाले कानुन बिपरित हटाइएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
ताजा अपडेट