१४ भाद्र २०८३, आइतबार

१४ भाद्र २०८३, आइतबार

कालिका अटो लिङ्क गाईघाट द्वारा नंया बजाज वेगो तीन चक्के ईलेक्ट्रीक भेइकल सार्वजनिक

कान्छो खवर । बुधबार, चैत्र १८, २०८२

गाईघाट  १८   चैत  ।

कालिका अटो लिङक प्राली गाईघाटले नंया बजाज wegaa तीन चक्के इलेक्ट्रीक गाडी  भित्राएको छ ।

नंया बजाजको आधिकारिक बिकेता समेत रहेको कालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरि भेइकल सार्वजनिक गरेको हो ।कम्पनीका अध्यक्ष सुनिल ठाकुरले उक्त भेइकलको बारेमा जानकारी गराउदै ५० प्रतिशत डाउन पेमेन्ट गरेर शुन्य प्रतिशत ब्याज दरमा मासिक किस्ताबन्दीमा भेइकल उपलब्ध गराईने बताए ।

उनले नंया बजाज wego इलेक्ट्रीक स्वरोजगार , कम खर्चिलो , बाताबरणमैत्री , आधुनिक डिजाइन , उत्कृष्ट प्रबिधि , आरामदायी यात्रा , सहज सवारी , अनुभव प्रदान गर्ने उदेश्यले तयार गरिएको बताए ।

भेइकलको अन्य बिशेषतामा अधिकतम यात्रा , उत्कृष्ट प्रदर्शन बिस्वस्नियता रहेको छ । लिथियम आयन “lFP ” ब्याट्री प्रणाली द्वारा संचालित इलेक्ट्रीक भेइकल  ४८ भोल्ट र ५.६ किलोवाट ब्याट्री क्षमताको रहेको छ ।

शक्तिशाली PMSM इलेक्टि्रकल मोटर प्रयोग गरिएको छ भने २ स्पिड AMT ट्रान्स्मीसन प्रणाली  भेइकलमा समाबेश गरिएको कारण सहज यात्रा र स्मुथ सवारी अनुभव प्रदान हुने  अध्यक्ष ठाकुरले बताए ।

गाडी चार्जिङको लागि २.२ किलोवाट अनबोर्ड एसि चार्जर रहेकोेले झन्डै ४.३ घन्टामा फुल चार्ज हुने उनले बताए । सुरक्षाको लागि हाईड्रोलिक ड्रम ब्रेक प्रणाली जडान गरिएकोछ ।जेनेरेटिभ ब्रेकिङ सिस्टम तथा हिल होल्ड असिष्ट मेकानिजम जस्ता आधुनिक सुरक्षा सुबिधा भेइकलमा समाबेश गरिएकोले दुर्घटनाको जोखिम निकै कम रहने ठाकुरले बताए ।

wego इलेक्ट्रीकमा यात्रीको आरामदायीको लागि ट्विन शोक अब्जर्भर सस्पेन्सन , रेडियल ट्युबवेस टायर तथा स्थिर सन्तुलित डिजाइन गरिएको छ  ।अधिकतम गति ४५ किमि प्रती घन्टा रहेको छ भने पुल चार्जमा वेगोले  १७० किमिको दुरी तय गर्ने उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्