१७ चैत्र २०८२, मंगलबार

कटारीमा सवारी चालक र सहचालकको स्वास्थ परिक्षण गरियो

कान्छो खवर । मंगलबार, चैत्र १७, २०८२

गाईघाट   १७   चैत

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले मंगलबार कटारीमा सवारी चालक र सहचालकको स्वास्थ परिक्षण गरेको छ ।

चालकले मादक पदार्थ र लागूऔषध सेबन गरेर सवारी चलाउदा दुर्घटनाको जोखिम बढाउने भएको हुदा दुर्घटना सचेतता अभिवृद्धि गर्ने उदेश्यले चालक र सहचालकको लागि एक दिने स्वास्थ परिक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

मदन भण्डारी राजमार्ग भएर आबतजाबत भैरहेको सवारी साधन रोकेर चालक र सहचालकको स्वास्थ परिक्षण गरिएको हो ।  मादक पदार्थ र लागूऔषध सेवन गरे या नगरेको र चालकको प्रेशर चेकजाँच गरिएको प्रहरीले जनाएको छ ।

उक्त राजमार्गमा अत्यधिक सवारी दुर्घटना हुने गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्