१५ चैत्र २०८२, आइतबार

एमाले उदयपुरले जिल्ला प्रशासन कार्यालयमा बिरोध पत्र बुझायो

कान्छो खवर । आइतबार, चैत्र १५, २०८२

गाईघाट   १५   चैत  ।

नेकपा एमालेका अध्यक्ष केपी ओली पक्राउको बिरोधमा एमाले उदयपुरले आइतबार बिरोध प्रदर्शन गरेको छ । पक्राउ परेका अध्यक्षलाई तत्काल रिहाइको माग गर्दै कार्यकर्ताहरु दिउसो बजारमा नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

एमाले उदयपुरले पक्राउको बिरोधमा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारीलाई बिरोध पत्र समेत बुझाएका छन् ।एमालेले आईतवार देशभर जिल्ला प्रशासन कार्यालयमा बिरोध पत्र बुझाउने कार्यक्रम तय गरेको हो ।

एमालेले भदौ २३/ २४ को घटना छानबिन गर्न बनेको गौरी बहादुर कार्की आयोग प्रति एमालेको असहमति र बिरोध रहेकोे भन्दै यो घटनाको उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्