कान्छो खवर । सोमबार, चैत्र ०९, २०८२
गाईघाट ९ चैत ।
इरानी सुरक्षा निकायको नियन्त्रणमा रहेका उदयपुरको त्रियुगा नगरपालिका ११ का ३० बर्षिय अमृत झाको रिहाइको कुटनितिक पहलको लागि उदयपुर क्षेत्र नम्बर १ का सासद पारशमणि गेलालको नेतृत्वमा सोमबार गएको प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री बालानन्द शर्मालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
परराष्ट्र मन्त्रालयमा दिउसो पुगेका गेलाल सहितको टोलीले झाको रिहाइको लागि चाडो भन्दा चाडो पहल गरेर उनलाई नेपाल फिर्ताको बाताबरण मिलाउन मन्त्री शर्मा संग भेटबार्ता भएको टोलिका सदस्य राहुल यादवले बताए । उनलेे मन्त्रीको साथ परराष्ट्र सचीव अमृत राई सग पनि भेट गरेर झा रिहाइको पहल गरिएको जानकारी दिएका छन् ।
दुबई देखि पानीजहाज लिएर इरान तर्फ जादै गरेका झा दस दिन अघि स्टेट अफ इर्मुज बन्दर अब्बास बन्दरगाह देखि इरानी सेनाको कब्जामा परेका थिए । हाल उनि इरानी जेलमा रहेकोे खुल्न आएको छ ।
झाको रिहाइको लागि परिबारका सदस्य र त्रियुगा नगरपालिकाले परराष्ट्र मन्त्रालयलाई यस अघि लिखित आग्रह गरेको झाका दिदी पुजाले बताइन् ।