०७ चैत्र २०८२, शनिबार

इरानी सुरक्षा निकायको नियन्त्रणमा रहेका युबा उदयपुर गाईघाटका अमृत झा रहेकोे खुलासा

कान्छो खवर । शनिबार, चैत्र ०७, २०८२

गाईघाट  ७ चैत ।

इरानी सुरक्षा निकायले नियन्त्रणमा लिएको नेपाली युबा उदयपुर गाईघाटको रहेको खुलेको छ । दुई बर्ष अघि वैदेशिक रोजगारीको लागि ईरान गरेका त्रियुगा नगरपालिका ११ का अमृत झालाई स्ट्रेट अफ ईर्मुजबाट ६ दिन अघि सुरक्षा निकायले नियन्त्रणमा लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

झा पानीजहाज चलाउने पाइलट रहेको उनकि दिदि पुजा झाले बताइन् ।दुबई देखि पानीजहाज लिएर इरान आउदै गरेको बेला बन्दर अब्बास बन्दरगाह देखि उनलाई नियन्त्रणमा लिएको हो ।

इरानी जेलमा रहेका उनलाई  तत्काल रिहाइको पहल गरिदिन दिदि पुजाले सरकार सग आग्रह गरेकी छिन् ।

यहाँ कमेन्ट गर्नुहोस्