०६ चैत्र २०८२, शुक्रबार

कहिँ नभएको जात्रा हाडीगाउँ , पक्की पुलमाथि झोलुङ्गे पुल !

कान्छो खवर । शुक्रबार, चैत्र ०६, २०८२

गाईघाट  ६   चैत  ।

कहिँ नभएको जात्रा हाडीगाउँ भने झै राज्यको लाचारीपन र  लापरबाहीको नमुना  अहिले उदयपुरमा हेर्न सकिन्छ ।

जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सिबाई र बेल्ही गाउँ जोड्ने त्रियुगा नदिमा बन्दै गरेको पक्की पुल माथि राज्यले अर्को तमासा गर्दै पुल माथि झोलुङ्गे पुल निर्माण गरेको छ । निर्माणको अन्तिम चरणमा रहेको उक्त पुलको केहि पिलर र स्लाब २०७८ असारमा नदिमा आएको बाढीले बगाए पछि निर्माण कार्य रोकिएको थियो ।

क्षेतिग्रस्त पुल निर्माणमा सरकारले थप बजेट लगानी नगरे पछी पुल निर्माणको काम रोकिएको थियो । स्थानिय जनप्रतिनिधि , दलका नेता , सघिय संसदहरुको निकै प्रयासको बाबजुद पनि पुलमा थप बजेट नपरे पछी अहिले पुल माथि अर्को झोलुङ्गे पुल निर्माण गर्नुपरेको चौदण्डीका मेयर कालू लामाले बताए ।

पुल नहुदा बर्षायाममा आबतजाबतमा निकै समस्या भए पछी अहिले विकल्पको रूपमा झोलुङ्गे पुल निर्माण गर्नुपरेको लामाले बताए ।  पटकपटक हामीले केन्द्रिय सरकार सग पुलमा बजेट बिनियोजित गर्न आग्रह गरेका थियौ , तर सुनुवाइ भएन । उनले भने ।अन्तिममा बाध्य भएर पुलमाथि नै झोलुङ्गे पुल निर्माण गरिएको उनले बताए ।

मेरो पहलमा निर्माण गरिएको झोलुङ्गे पुल निर्माणमा ६० लाख रुपैया खर्च भएको उनले बताए । २८० मिटर लामो ५ मिटर चौडाइको उक्त पुल निर्माणले अब यो बर्ष बर्षादको समयमा स्थानियबासिन्दाहरुलाई आबतजाबतमा कुनै समस्या नहुने उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्