०३ चैत्र २०८२, मंगलबार

उदयपुरमा हावाहुरीको कारण दुइको मृत्यु , पाच घाइते

कान्छो खवर । मंगलबार, चैत्र ०३, २०८२

गाईघाट  ३   चैत ।

उदयपुरमा वर्षा संगै आएको हावाहुरीको कारण दुई जनाको मृत्यु भएको छ अन्य ५ जना घाइते भएका छन्  ।

सोमबार साझ  ७.३० बजेको समयमा आएको हावाहुरीको कारण कटारी ५  तिनकुने चौक नजिकै टिनको छानो रहेकोे घरमा नजिकै रहेकोे सुकेको सालको रुख ढल्दा घर भित्र रहेका ६४ बर्षिय बीरेन्द्र चौधरीको मृत्यु भएको हो ।

पसल अगाडि बसिरहेका मृतकि ५ बर्षिया नातिनी बिनिषा चौधरी , सोही वडा आहालेडाडाका २७ बर्षिय युबराज कार्की , वडा ५ बलाहाका ४६ बर्षिय लिलाबहादुर दनुवार , ४६ बर्षिय प्रेमचन्द्र दनुवार र वडा १२ बसेरीकि १६ बर्षीया अस्मिता परियार घाइते भएको प्रहरीले जनाएको छ ।उनिहरु सबैको प्रादेशिक अस्पताल कटारीमा उपचार भैरहेको छ ।

कटारी ८ थलियारटारमा सोही समयमा रुखको हागाले लागेर ४६ बर्षीया मिनामाया तामाङको मृत्यु भएको छ । वर्षा भएपछि घर नजिकै गोठमा खसीबाख्रा सार्दै गर्दा नजिकैको कटमिरोको रुखको हागा भाच्चियर लाग्दा घाइते भएकी तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्