कान्छो खवर । आइतबार, चैत्र ०१, २०८२
गाईघाट १ चैत ।
खेत जोत्न जादै गरेको ट्याक्टर पल्टिएर रामपुरमा आइतबार बिहान चालकको मृत्यु भएको छ । स्थानिय राजेश यादवको खेत जोत्न जादै गरेको ट्याक्टर बिहान ८ बजे तिर कोशी बगरको किनारको डिल माथि चड्दै गर्दा अनियंत्रित भै पल्टिँदा चालक शोकिन्दर चन्द्रबशीको घटना स्थल मै मृत्यु भएको हो ।
गाडी सहित तल झरेका चालकलाई ट्याक्टरले किचेको प्रहरीले जनाएको छ । ट्याक्टर भागलपुरका अनिल गुप्ताको रहेकोे खुल्न आएको छ ।घटनाको अनुसन्धान भैरहेको र चालकको शब पोस्ट मार्टमकोलागि अस्पताल लगिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्