कान्छो खवर । बिहिबार, फाल्गुण २८, २०८२
गाईघाट २८ फागुन ।
आज परेको भारी बर्षाले कटारी नगरपालिका ३ हडैया खोलामा निर्माणधिन बाध भत्काएर बाढी बस्तीमा पस्दा ५० घर डुबानमा परेको छ ।
लामो समय देखि बर्षा नभएको अबस्थामा बिहीबार साझ ४ बजेको समयमा झन्डै १ घन्टा भारी बर्षा हुदा हडैया नदि नियन्त्रणको लागि निर्माण भैरहेको बाध भत्काएर बाढी बस्तीमा पसेर डुबानमा परेको कटारीका सन्चारकर्मी अस्मित पौडेलले बताए ।
उनले बाढीले ५० घर डुबानमा परेको बताए ।एक्कासि बर्षा भएर नदिमा बाढी आएर गाउँमा पसेको बताए ।गाउबस्ति जोगाउन निर्माण भैरहेको बाध बाढीले भत्काएर खोला बस्तीमा पसेको तर कुनै मानबिय क्षेती नभएको उनले बताए ।
जल तथा मौसम बिज्ञान बिभागले उदयपुरमा आज पछिल्लो ३ घन्टामा उदयपुरको कटारी र बेल्टारमा ८२.२ मिलिमिटर बर्षा भएको जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्