कान्छो खवर । बुधबार, फाल्गुण २७, २०८२
गाईघाट २७ फागुन ।
आईसीसी पुरुष टी -२० बिश्व कप २०२६ मा एक खेल जित निकालेर पुरस्कार पाउने टोलिको १६ औं स्थानमा रहेकोे नेपालले २ लाख ५६ हजार १५४ रुपैया अमेरिकी डलर अर्थात ३ करोड ७६ लाख बढी रकम पाएको छ ।
आईसीसीले उक्त रकम नेपाली टोलिलाई जितको आधारमा प्रदान गरेको जनाएको छ ।नेपाल भन्दा मुनि क्यानडा ,नामिबिया र ओमनले क्रमश २ लाख २५ हजार पाएको छ ।
आईसीसीले कुल ११.२५ मिलियन डलर अर्थात् १ अर्ब ६५ करोड नेपाली रुपैया पुरस्कार बितरण गरेकोमा प्रतियोगिताको च्याम्पियन तथा आयोजक भारतले सबै भन्दा बढी रकम पाएको छ । भारतले २६ लाख ३९ हजार ४२३ रुपैया अमेरिकी डलर पाएको छ ।
दोस्रोमा न्युजिल्यान्डले १४ लाख २२ हजार ६९२ रुपैया र तेस्रोमा दक्षिण अफ्रीकाले १० लाख ५ हजार ५७७ अमेरिकी डलर पुरस्कार पाएको आईसीसीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्