कान्छो खवर । मंगलबार, फाल्गुण २६, २०८२
गाईघाट २६ फागुन ।
२१ फागुनमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उदयपुरमा झन्डै आधा भन्दा बढी मतदाताको निर्वाचनमा सहभागिता देखिएन ।
के मतदातामा चुनाव प्रति उत्साह नदेखिएको होकि चुनाव बहिष्कार गरेका हुन् ? मतदान प्रक्रियामा मतदाताको सहभागी कम हुदै जानुले अहिले राजनैतिक बृतमा निकै चासो बहसको बिषय बनेको छ ।
भर्खरै सम्पन्न निर्वाचनमा जिल्लाभरी २ लाख ४१ हजार ९९९ मतदाता रहेकोमा १ लाख २ हजार ७८२ जनाले मतदानमा भाग लिएका थिए ।१ लाख ३९ हजार २१७ जना मतदानको दिन अनुपस्थित रहे । यति ठुलो संख्यामा मतदाता किन मतदान गर्न आएनन् ? ।यो बिषयमा किन कतै बाट खोजी गरिदैन !
मतदान गर्ने र अनुपस्थित हुनेको संख्या क्षेत्रगत हेर्दा १ नम्बरमा १ लाख ४५ हजार ८७७ मतदाता रहेकोमा ८० हजार १२० जनाले भोट खसालेका छन् भने ६५ हजार ७५७ जना मतदान नै गर्न आएनन् । २ नम्बर क्षेत्रमा २२ हजार ६६२ जना मतदान गर्न आउदा ७३ हजार ४६० जना अनुपस्थित थिए । ९६ हजार १२२ जना मतदाता रहेकोमा यो परिणामले ठुलो संख्यामा मतदाताको सहभागी नरहेको देखिन्छ
आखिर कहाँ गए त यति धेरै मतदाता ? वरिष्ठ अधिबक्ता सुकुराम श्रेष्ठ मतदातामा नैरास्य उत्पन्न भएको हुन सक्ने भएकोले पनि बर्सेनि निर्वाचनमा मतदाताको सहभागी घट्दै गएको हुन सक्ने बताउँछन् ।
मतदान गरेर जिताएर पठायो , जनप्रतिनिधिबाट माखो मार्ने काम हुन नसक्दा मतदाता प्रती चरम निराश देखिएकै कारणले पनि उनिहरुको सहभागी नभएको हुन सक्ने उनको भनाइ छ ।
बिगत ३५ बर्ष देखि जनताले भोट खसाल्दै आएका छन् , जनताको जिबनस्तरमा न कुनै परिबर्तन आउन सक्यो नत जनप्रतिनिधिबाट कुनै ठोस काम हुन सक्यो , अनि जनतामा बिस्तारै निर्वाचन प्रतिको मोह हराउँदै गएको पुराना राजनीतिज्ञ राममणी पोख्रेलले बताए ।
उनलेे पार्टीका आफनै कार्यकर्ताहरु समेत असन्तुष्ट रहेकोले भोट हाल्न नगएको हुन सक्ने बताए । राजनीति नेता केन्द्रियत हुँदा इमानदार र सक्षम कार्यकर्ता पाखा लाग्दै गएको र त्यसता कार्यकर्ताको निर्वाचनमा सहभागी हुन छाडेको पोख्रेलले बताए ।
तर जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दिपक दाहालले यो बिषयमा खोजी र अनुसन्धान हुनुपर्ने बताउँछन् । हामीले अहिलेसम्म यो बिषयमा कतैबाट खोजी गर्ने काम गरेका छैनौं , उनले भने । कतिपय मतदाताको मृत्यु भएको , अन्य जिल्ला वा बिदेशमै रहेकोेले मतदानमा भाग लिन नसकेको हुन सक्ने उनको भनाइ छ ।
तर ठुलो संख्यामा मतदाता अनुपस्थित हुदा , यस्तो किन भयो भन्ने बारेमा भने खोजी हुनु पर्ने दाहालको भनाइ छ ।