कान्छो खवर । सोमबार, फाल्गुण २५, २०८२
गाईघाट २५ फागुन ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनको समानुपातिक तर्फ उदयपुरको १ नम्बर क्षेत्रको मतगणना सकिएको छ । प्राप्त मतपरिणाम अनुसार रास्ट्रीय स्वतन्त्र पार्टीले प्रत्यक्षमा पाएको मत भन्दा बढी मत ल्याएको छ ।
पार्टीका उमेदवारले प्रत्यक्षमा ३० हजार ५९० मत ल्याएकोमा समानुपातिक तर्फ ३३ हजार ८१७ मत ल्याएको छ । प्रत्यक्षमा ल्याएको भन्दा ३ हजार २२७ बढी मत समानुपातिकमा पाएको छ ।
श्रम सस्कृती पार्टीले प्रत्यक्षमा पाएको भन्दा ६९० बढी मत पाएको छ ।११ हजार ६०६ मत प्रत्यक्षमा पाएको उस्ले समानुपातिकमा १२ हजार २९६ मत पाएको छ । नेपाली काङ्ग्रेसको समानुपातिक तर्फको मत घटेको छ । उमेदवारले ९ हजार ६७५ मत ल्याएकोमा समानुपातिक तर्फ भने ८ हजार ७९९ मत ल्याएको छ ।समानुपातिकमा काङ्ग्रेसको ८७६ मत घटेको हो ।
नेकपा एमालेले समानुपातिकमा ६५ मत घटनाको छ । प्रत्यक्षमा ९ हजार २०६ मत ल्याएकोमा समानुपातिक तर्फ ९ हजार १४१ मत परेको छ । नेपाल कम्युनिस्ट पार्टीको मत निकै घटेको छ । समानुपातिकमा ६ हजार ०३१ मत आउदा प्रत्यक्षमा १० हजार १०१ मत आएको थियोे ।
समानुपातिक तर्फ रास्ट्रीय परिबर्तन पार्टीले ६३१ र रास्ट्रीय प्रजातन्त्र पार्टीले २ हजार ३ मत ल्याएको छ ।