३० चैत्र २०८२, सोमबार

३० चैत्र २०८२, सोमबार

उदयपुर १ मा रास्ट्रीय स्वतन्त्र पार्टीका पारशमणि गेलाल निर्बाचित , दुबै क्षेत्रमा रास्वपाका उमेदवारले बाजि मारेका छन्

कान्छो खवर । आइतबार, फाल्गुण २४, २०८२

गाईघाट   २४   फागुन  ।

नेपाली काङ्ग्रेसको बिरासत भत्काउदै उदयपुरको १ नम्बर क्षेत्रबाट रास्ट्रीय स्वतन्त्र पार्टीका पारशमणि गेलाल प्रतिनिधि सभा सदस्यमा ठुलो मत अन्तरले निर्बाचित भएका छन् ।

उनले प्रतिस्पर्धी श्रम सस्कृती पार्टीका राजेशकुमार राईलाई १८ हजार ९८४ मत अन्तरले हराएका हुन् । उदयपुरमा अहिलेसम्म यति धेरै मत अन्तरले निर्बाचित हुने गेगाल पहिलो उमेदवार हुन् ।

गेलालले ३० हजार ५९० मत पाएका छन् ।भने राईले ११ हजार ६०६  मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । पहिलो पटक निर्वाचनमा पार्टी खोलेर भाग लिएका श्रम सस्कृती पार्टीले उदयपुरमा तीन ठुला दललाई पछि पार्दै निकै राम्रो मत ल्याएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका उमेदवार बलदेव चौधरीले १० हजार १०१ मत ल्याउदा नेपाली काङ्ग्रेसका बिदुर बस्नेतले ९ हजार ६७५ र नेकपा एमालेका दुर्गाकुमार थापाले ९ हजार २०६ मत ल्याएका छन् ।

नेपाली काङ्ग्रेसका नेता डा. नारायण खड्काले निरन्तर प्रतिनिधि सभा सदस्य जित्दै आएको १ नम्बर क्षेत्रमा पहिलो पटक काङ्ग्रेसबाट  पुर्ब सभापति बस्नेतलाई उमेदवार बनेका थिए ।

२ नम्बर क्षेत्रमा पनि  यस अघि रास्वपाका सुर्य तामाङ बिजय भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्