२१ फाल्गुण २०८२, बिहिबार

मदन भण्डारी राजमार्गको भिमा सडक खण्डमा मोटरसाइकल दुर्घटना , एकको मृत्यु दुई घाइते

कान्छो खवर । बिहिबार, फाल्गुण २१, २०८२

गाईघाट   २१   फागुन  ।

चौदण्डीगढी नगरपालिका  ९ भिमामा बिहीवार दिउसो मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

गाईघाट देखि पुर्ब तर्फ आउदै गरेको प्रदेश १ -०५-००२ क १८२७ नम्बरको मोटरसाइकल दिउसो ११ .३० बजेको  समयमा सडक देखि तल खोल्सोमा खस्दा चौदण्डिगढी नपा ५ का १८ बर्षिय समीर चौधरीको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १८ बर्षिय मौसम चौधरी र २३ बर्षिय अशोक चौधरी घाइते भएका छन् । घाइतेहरुलाई निर्वाचनमा खटिएका नेपाली सेनाले उद्घार गरि जिल्ला अस्पताल उदयपुरमा उपचारको लागि लगेको प्रहरीले जनाएको छ ।

तीन जना सवार उक्त मोटरसाइकल तीब्र गतिमा आइरहेको बेला नियन्त्रण गुमाउदा दुर्घटना भएको हो । सडक देखि तल खसेर मोटरसाइकल  सखुवाको रुखमा  बजारिदा चौधरीको घटना स्थलमै ज्यान गएको स्थानियहरुले बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्