१९ फाल्गुण २०८२, मंगलबार

प्रहरी द्वारा उमेदवारको फोटो अङ्कित टिसर्ट जफत

कान्छो खवर । मंगलबार, फाल्गुण १९, २०८२

गाईघाट  १९   फागुन  ।

प्रहरीले उमेदवारको फोटो सहित छापिएका होलिमा प्रयोग गरिने ३९ थान टिसर्ट पसल बाट जफत गरेको छ ।

निर्वाचन आचारसंहिता बिपरितका त्यस्तो टिसर्टहरु कटारी र गाईघाट बजारमा रहेका कपडा पसलहरुबाट मंगलबार बरामद गरेको प्रहरीले जनाएको छ ।पसलमा टिसर्ट बिक्रीवितरण भैरहेको जानकारी पाए पछी प्रहरी टोलिले कपड़ा पसलको  अनुगमन गरेको हो ।

अनुगमनको क्रममा निर्बाचन आचारसंहिता बिपरितका चुनावमा उमेदवार बनेका उमेदवारको फोटो अङ्कित टिसर्ट बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरी केहि दिन अघि  पनि गाईघाट , बेलटार र कटारी बाट  उमेदवारको फोटो अङ्कित १ सय ८२ थान टिसर्ट जफत गरेको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्