१७ फाल्गुण २०८२, आइतबार

१७ फाल्गुण २०८२, आइतबार

प्रहरी द्वारा निर्वाचन आचारसंहिता बिपरित उमेदवारको फोटो अङ्कित टिसर्ट जफत

कान्छो खवर । शनिबार, फाल्गुण १६, २०८२

गाईघाट   १६  फागुन  ।

निर्वाचन आचारसंहिता विरुद्ध दलका उमेदवारको फोटो अङ्कित टिसर्ट बिक्रीवितरण गरिएको अबस्थामा उदयपुरको गाईघाट , कटारी  र बेलटार बजार देखि १८२ थान टिसर्ट प्रहरीले जफत गरेको छ ।

होलिको लागि त्यस्तो टिसर्टहरु खुलेआम ब्यापारीहरुले बिक्रीवितरण गरिरहेको अबस्थामा प्रहरीले पसल देखि नै जफत गरेको जनाएको छ ।विभिन्न राजनैतिक दलबाट उमेदवार बनेका ब्यक्तिहरुको फोटो अंकित भएकोले त्यस्ता टिसर्ट जफत गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले त्रियुगा नगरपालिकाको वडा नम्बर ११, १२ , कटारी नगरपालिकाको ३, ४ र चौदण्डिगढी नगरपालिका ७ मा रहेका कपडा पसल बाट टिसर्ट बिक्रीवितरण भैरहेको अबस्थामा जफत गरिएको जनाएको छ ।

निर्वाचन आचार संहिता बिपरित उमेदवारको फोटो अङ्कित टिसर्ट बिक्रीवितरण गर्न नपाइने हुदा जफत गरिएको प्रहरीले जनाएको छ ।पहिलो पटक भएकोले ब्यापारीलाई सचेत समेत गराइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि राजन चापागाईंले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्