११ फाल्गुण २०८२, सोमबार

मदन भण्डारी लोकमार्गको अधेरीमा बस दुर्घटना , १२ जना घाइते ४ को अवस्था गम्भीर रहेकोेले उपचारकोलागि बिराटनगर रेफर

कान्छो खवर । सोमबार, फाल्गुण ११, २०८२

गाईघाट  ११   फागुन  ।

मदन भण्डारी लोकमार्गको अधेरीमा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुदा १२  जना घाइते भएका छन् । ५ को अवस्था गम्भीर रहेको छ ।

कटारी देखि बिहान १०.३० बजे गाईघाटकोलागि छुटेको बा २ ख ६२५७ नम्बरको ओखलढुंगे बस दिउसो ११.३० बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सधैं चलाइरहेको चालकको सट्टामा अर्को चालकले बस चलाएर आउदै गर्दा ओरालोमा बस नियन्त्रण हुन नसक्दा दुर्घटना भएको हिमाली बस ब्याबसायी संघ उदयपुरका सदस्य काशी कार्कीले बताए ।

नंया चालकले बाटोको अन्दाज गर्न नसक्दा उक्त दुर्घटना भएको उनले बताए । दुर्घटना स्थान ओरालो र घुमाउरो भएको कारण चालकले अगाडि केहि पत्तो नपाएको र एकासी ब्रेक लगाउदा गाडी अनियंत्रित भै सडक देखि तल खसेको उनले बताए ।

गाडीका  चालक , कण्डक्टर सहित १२ जना घाइते  सबैको जिल्ला अस्पताल उदयपुरमा लगिएकोमा गम्भीर घाइते चार जनालाई बिराटनगर रेफर गरिएको अस्पतालका चिकित्सक डाक्टर निर्मला चौधरीले बताइन् ।

यहाँ कमेन्ट गर्नुहोस्