०९ फाल्गुण २०८२, शनिबार

भोलि कटारी ,ताप्ली र उदयपुरगढीमा चार घन्टा बिधुत आपूर्ति बन्द हुने , बिहान ११ बजे देखि ४ बजे सम्म सम्म बिधुत अबरुद्ध हुने

कान्छो खवर । शुक्रबार, फाल्गुण ०८, २०८२

गाईघाट   ६   फागुन  ।

नियमित मर्मत सम्भारको कारण सनिवार कटारी नगरपालिका ,ताप्ली र उदयपुरगढी गाउपालिकामा चार घन्टा बिधुत अबरुद्ध हुने भएको छ ।

नेपाल बिधुत प्राधिकरण कटारी प्रशाखा कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै मिर्चैया ग्रीडमा  ३३ केभी रिले मर्मत कार्य गर्नुपर्ने भएकोले सनिवार बिहान ११ बजे देखि साझ ४ बजे सम्म उक्त नगर र गाउपालिकामा बिधुत आपूर्ति बन्द हुने जनाएको छ ।

ताराघारी सबस्टेशन वाट संचालित सबै बिधुत सेवा अबरुद्ध हुने भएकोले प्रशाखाले सम्पुर्ण उपभोक्ता समक्ष माफी समेत मागेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्