कान्छो खवर । मंगलबार, फाल्गुण ०५, २०८२
गाईघाट ६ फागुन ।
बेलका नगरपालिकाले सडकमा गुडिरहेको ट्याक्टरलाई पक्राउ गरि चर्को जरिवाना तिराउने कार्य विरुद्ध बेलका ट्याक्टर ब्याबसायी संघले बिज्ञप्ति मार्फत बिरोध जनाएको छ ।
संघले सोमबार बिज्ञप्ति जारी गर्दै नगरपालिकाले पाँच दिन भित्रमा खोला खुला नगराएमा ट्याक्टर ब्याबसायिहरु शसक्त रूपमा स्थानिय सरकार विरुद्ध आन्दोलनमा उत्रने उल्लेख छ ।
संघका अध्यक्ष सनवीर राईले असोज देखि खुला हुनुपर्ने नदिजन्य पदार्थको अहिलेसम्म नगरपालिकाले खुला नगरेको कारण ब्याबसायीहरुले निजि जग्गाबाट ढुङ्गा , गिट्टी बालुवा किनेर ओसारपसार गरिएको अबस्थामा नगरपालिकाले सडकबाट ट्याक्टर जबर्जस्ती नियन्त्रणमा लिएर महँगो जरिवाना गर्ने गरेको कारण ब्याबसायी मर्कामा परेको बताए ।
असोज मै खुला हुनुपर्ने नदि अझैसम्म खुला हुन सकेको छैन , उनले भने ।नदिजन्य पदार्थको बिक्रीवितरणको लागि नगरपालिकाले टेन्डर लगाउन नसक्दा अहिले उपोभोक्ता मारमा परिरहेको उनले बताए ।
नगरपालिकाले अहिलेसम्म कुनै बैकल्पिक ब्यबस्था गर्न सकेको छैन , हामी आफै निजि जग्गाबाट किनेर उपभोक्तालाई बिक्रि गरिरहेकोमा अहिले ब्याबसायीहरुलाई नगरपालिकाबाट दुख दिने काम भएको छ ।उनको भने ।
चाडो भन्दा चाडो नदि खुला गर्ने बाताबरण बनाउन हामी नगरपालिका संघ आग्रह गर्न चाहान्छौ ।उनले भने ।नगरको कारण अहिले ब्याबसायी र स्थानिय बासिन्दाले दुख पाइरहेका राईले बताए ।