२३ माघ २०८२, बिहिबार

गाईघाटमा पहिलो पटक फागुन १ देखि ९ गते सम्म एन्फा महिला फुटबल प्रतियोगिता हुदै

कान्छो खवर । बिहिबार, माघ २३, २०८२

गाईघाट  २२  माघ  ।

उदयपुरको गाईघाटमा पहिलो पटक महिला फुटबल प्रतियोगिता हुन लागेको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा आगामी फागुन १ देखि ९ गते सम्म एन्फा महिला फुटबल प्रतियोगिता हुने जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राईले दिएका छन् ।

उनले यो प्रतियोगिता अन्तररास्ट्रीय फुटबल महासघको चाहना अनुरुप पहिलो पटक नेपालमा हुन लागेको बताए । बिगत केहि समय यता नेपाली महिला टिमले अन्तरास्ट्रीय क्षेत्रमा फुटबलमा निकै ठुलो प्रगति गरिरहेका अबस्थामा नेपाली महिला टोलिलाई लक्ष्यित गरि यो प्रतियोगिता एन्फाको लगानीमा हुन लागेको उनले बताए ।

उनले प्रतियोगितामा गाईघाट महिला टोलि सहित १० वटा महिला टोलीको सहभागिता रहने जानकारी दिए ।

खेल तालिका समेत प्रकाशित भैसकेको उनले बताए ।  न्युरोड काठमाडौ , त्रिभुवन आर्मी , नेपाल प्रहरी ,एफसि रियल ,एपिफ , आरएस रिसोर्ट , चर्च ब्वाइज युनाइटेड , छाहरी वाइसि र संकटा क्लब काठमाडौको प्रतियोगितामा सहभागिता रहने उनले बताए ।

उद्घाटन खेल फागुन १ गते गाईघाट र न्युरोड टिम काठमाडौ बीच हुने  गाईघाटस्थित थरुहट रंगशालामा हुने उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्