कान्छो खवर । बुधबार, माघ २२, २०८२
गाईघाट २१ माघ ।
त्रियुगा माध्यमिक बिध्यालय गाईघाटको ५९ औं बार्षिकोत्सब तथा अभिभाबक भेलाको अबसरमा बुधबार देखि तीन दिने दोस्रो त्रियुगा नगर अन्तर बिध्यालय बिज्ञान तथा कला प्रदर्शनी सुरु भएको छ ।
बिध्यालयले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रमको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले उद्घाटन गरेका हुन् ।उनले गुणस्तरीय शिक्षामा जोड दिदै सामुदायिक बिध्यालयहरुको भौतिक पुर्बधार र अन्य क्षेत्रमा नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको र भबिस्यमा पनि अझै सहयोग जारी रहने बताए ।
उनले प्रबिधिको बिकास संगै सामुदायिक बिद्यालयले पनि पठनपाठनमा समयसापेक्ष अनुरुप सुधार गर्दै लानु पर्ने बताए । कार्यक्रममा उपमेयर महेश्वरी राई , वडा नम्बर ३ का वडा अध्यक्ष तिलक कटुवाल र प्रमुख प्रसासकिय अधिकृत कुमार कोईरालाले शुभकामना मन्तब्य दिएका छन् ।
वडा नम्बर ११ का वडा अध्यक्ष सुमन्त कोइलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिध्यालयका प्रधानअध्यापक सुभाष बिष्टले शुभकामना मन्तब्य दिएका छन् ।
तीन दिन सम्म रहने उक्त प्रदर्शनीमा नगरपालिका भित्रका सामुदायिक र सस्थागत बिध्यालयको सहभागिता रहेकोे छ । त्रियुगा माबीको आफ्नै खर्चमा हुने उक्त प्रदर्शनीमा उत्कृष्ट हुने बिध्यालयहरुलाई नगद पुरस्कार बाट पुरस्कृत गरिने बिध्यालयल्का प्रअ बिष्टले बताए ।