कान्छो खवर । सोमबार, माघ २०, २०८२
मृतक बस्नेत : फोटो फेसबुक
गाईघाट १९ माघ ।
ट्रकको ठक्कर बाट मोटरसाइकल चालक युवाको सोमबार दिउसो मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ४ बगाहाका रुपक बस्नेत रहेका छन् ।
कदमाहा- गाईघाट सडक खण्डको कदमाहा छेउमा बस्नेतले चलाएको मोटरसाइकललाई बिपरित दिशा बाट आउदै गरेको ट्रकले दिउसो १ बजेको समयमा ठक्कर दिएको हो । दुर्घटनामा उनको घटना स्थलमै मृत्यु भएको हो ।
बस्नेत सिराहाको लहान बजार देखि घर तर्फ आउदै थिए ।उनलाई गाईघाट बाट जाँदै गरेको ट्रकले ठक्कर दिएको हो ।घटनाको बिस्तृत विवरण आएन बाकी छ ।
मृतकको शब अहिले लहान अस्पतालमा पोस्ट मार्ट्मको लागि लगिएको छ ।ट्रकमा र चालकलाई लहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्