१९ माघ २०८२, आइतबार

१९ माघ २०८२, आइतबार

क्लिङकर हिनामिना प्रकरणमा उदयपुर सिमेन्ट उधोगका तत्कालीन दुई महाप्रबन्धक सहित आठ कर्मचारी विरुद्ध अख्तियार द्वारा विशेष अदालतमा मुद्दा  दायर

कान्छो खवर । आइतबार, माघ १९, २०८२

तत्कालीन महाप्रबन्धक पौडेल

गाईघाट  १८  माघ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  झन्डै ४६ करोड रुपैया बराबरको क्लिङकर हिनामिना गरेको अभियोगमा उदयपुर सिमेन्ट उधोगका तत्कालीन दुई जना महाप्रबन्धक सहित ८ कर्मचारी विरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा  दायर गरेको छ ।

आर्थिक बर्ष २०७४ ०७५ देखि २०७७ पौष मसान्तसम्म ३८ हजार ७६९ मेट्रीक टन क्लिङकर हिनामिना भएको पुष्टि भएको आधारमा तत्कालीन महाप्रबन्धक द्वय्ब सुरेन्द्रकुमार पौडेल , नबलकिसोर साह विरुद्ध अख्तियारले बिगो माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर  गरेको हो ।

अख्तियारले पौडेल र तत्कालीन नायब महाप्रबन्धक महेश काफ्ले बाट १२ करोड ४७ लाख २२ हजार २४२ रुपैया बिगो माग दाबी गर्दै विशेषमा मुद्दा  दायर गरेको जनाएको छ ।

त्यसै गरि साह , तत्कालीन उत्पादन महाशाखा प्रमुख सन्जयलाल कर्ण , भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह , क्लिङकर उत्पादन बिभाग  प्रमुख रबिचन्द्र पौडेल , सिमेन्ट उत्पादन बिभाग प्रमुख हरी अधिकारी र बिक्री बिभाग प्रमुख रामबहादुर जिसि विरुद्ध ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैया बिगो दाबी गर्दै मुद्दा  दायर गरेको अख्तियारले जनाएको छ ।

उधोगमा क्लिङकर खपत बढी देखिने तर उत्पादन कम भएको , भौतिक परिक्षणको क्रममा मौज्दातमा ठुलो अन्तर देखिए पछी अख्तियारले छानबिन गरेको थियोे । छानबिनको क्रममा पौडेल र साह सहित आठ कर्मचारीको संलग्नतामा क्लिङकर हिनामिना भएको अख्तियारको ठहर छ ।

अख्तियारको अभियोग पत्रमा प्रतिबादिहरुको आपसी मिलिमतोमा सरकारी सम्पत्ति मास्ने बदनियत राखेर कागजी रेकर्डमा क्लिङकर मौज्दात बढी देखाएको तर भण्डारणमा कम राख्ने गरेक उल्लेख छ ।

बर्षगत हिनामिना विवरण  ।

(क)आर्थिक बर्ष २०७४/०७५ – ११२९ मेटन – बिगो : १ करोड

(ख) आब २०७५/०७६ मा १०, २९० मेटन -बिगो : ११ करोड

(ग)२०७६/०७७ मा  – १,३२५ मेटन-बिगो : १ करोड

(घ) २०७७ साउन -पौष सम्म – २६ ११५ मेटन – बिगो : ३२ करोड ४३ लाख गरि जम्मा ४५ करोड ४३ लाख ।

यहाँ कमेन्ट गर्नुहोस्