१९ माघ २०८२, आइतबार

१९ माघ २०८२, आइतबार

अब फेरि बाबरी बजार लाग्ने

श्रमदान गर्दै स्थानिय बासिन्दा

कान्छो खवर । शनिबार, माघ १८, २०८२

गाईघाट  १७  माघ  ।

कुनै समय एक राते बजार बाट परिचित बाबरी हटिया  अब पुन लगाउने तयारी सुरु भएको छ ।

त्रियुगा नगरपालिका १० बोक्सेस्थित बरुवा खोला किनारमा हप्ताको मंगलबार लाग्ने बाबरी बजार वडा नम्बर १० को पहलमा लाग्ने तयारी हुन लागेको हो । मुलुकमा बहुदलीय ब्यबस्थाको पुन : बहाली पछी उक्त बजार लाग्न बन्द भएको थियोे ।

बुधबार गाईघाटमा लाग्ने हटियामा  पहाडी भेग देखि मालसामान बिक्रि गर्न आउने ढाक्रे ब्यापारी बस्ने उक्त ठाउँमा रातभर बजार लाग्ने गरेकोले बाबरी बजारको नाम बाट परिचीत रहदै आएको बोक्सेका पुराना बासिन्दा राजकपुर राईले बताए ।

उनले बजारमा ढाक्रे ब्यापारीले पहाडी भेग देखि  सागसब्वी , फलफूल , खसी बाख्रा , रागा सुंगुर , दलहन जस्ता बस्तुहरु बिक्रिको लागि ल्याउने गरेका बताउँछन् ।  पहाडी भेग बाट आएको बस्तु खरिद गर्न गाईघाट बजार बाट मात्र नभएर सिराहाको लहान बाट समेत ब्यापारी त्यस बेला आउने गरेको राईले बताए ।

हामी हुल बाधेर हटिया भर्न जान्थौ ।उनलेे भने । रात भरी बजारमा चहलपहल हुन्थ्यो , मदिरा र मासु खुब बिक्री हुन्थ्यो ।राईले भने । एक रात मात्र लाग्ने भएकोले बाबरी बजारलाई एक राते बजार भन्ने गरिन्थ्यो ।उनले भने । पहाडी भेग बाट बिक्रि गर्न ल्याइएको घरेलुु रक्सीको कारण बेला बेलामा झैझगडा समेत हुने गरेको  उनले बताए । बाबरी बजारको  चर्चा  त्यति बेला  जिल्लामा मात्र सिमित नभएर छिमेकी जिल्लामा समेत फैलिएको राईले बताए ।

२०४६ साल पछी भने बाबरी हटिया लाग्न छाडेको उनले बताए । बिकासको गति संगै ब्यापार ब्याबसाय बजारमा मात्र सिमित नभएर गाउगाउमा पुग्न थाल्नु र असुरक्षाको कारण उक्त बजार पुर्ण रूपमा बन्द भएको गाईघाटका पुराना बासिन्दा बिक्रम राईले बताए ।

लामो समय देखि लाग्न छाडेको बाबरी हटिया पुन लगाउन वडा अध्यक्ष किरण पाण्डे कम्मर कसेर लागी परेका छन् । उनले अहिले बाबरी बजार लगाउनको लागि सनिवार देखि स्थानिय बासिन्दालाई परिचालन गरेर बजार बसाउने स्थान छेउमा तटबन्ध निर्माणको काम सुरु गरेका छन् ।

वडा अध्यक्ष पाण्डेले पुरानो पहिचान बोकेको बाबरी बजार पुन लगाउने बारे स्थानिय बासिन्दाको साथ पाएर सुरु गर्न लागेको बताए ।उनले सनिवार देखि बरुवा खोला किनारमा तटबन्ध निर्माणको काम सुरु गरिएको बताए ।

बजार लाग्ने स्थानमा शौचालय , टहरा , पार्क र साकेला थान निर्माण गर्न लागिएको बताए । हामीले सबै काम जनश्रमदान बाट गर्न लागेका छौं ।वडाको बजेट र कुनै सरकारी अनुदान नलिकनै काम सुरु गरेका छौं ।उनले भने ।

अब बाबरी बजारलाई पहिलेकै स्वरुपमा लगाउने तयारी गरेका छौ ।कुनै बेला बाबरी बजारको कारण  गाईघाटले पहिचान पाएको उनले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्