१६ माघ २०८२, बिहिबार

१६ माघ २०८२, बिहिबार

सुनको मुल्य ३ लाख १८ हजार ८ सय रुपैया प्रति तोला , एकै दिन बुधबार तोलामा ९ हजार ५ सयले वृद्धि

कान्छो खवर । बुधबार, माघ १५, २०८२

गाईघाट  १४  माघ ।

पहेँलो धातु सुनको मुल्य एकै दिन तोलामा ९ हजार ५ सय रुपैया बढेको छ ।अघिल्लो दिन मंगलबार ३ लाख ९ हजार ३ सय रुपैया प्रति तोलामा कारोबार भैरहेको सुन बुधबार प्रति तोला ३ लाख १८ हजार ८ सय रुपैयामा कारोबार भैरहेको छ ।

सुनचाँदी ब्याबसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मुल्य बढेकोले नेपाली बजारमा त्यसको कारण मुल्य बढेको जनाएको छ ।आज अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य प्रति औंस ५ हजार २ सय ५५ रुपैया पुगेको छ ।

त्यसै गरि चादीको मुल्य समेत ४सय ३० रुपैया प्रति तोला वृद्धि भएको छ ।मंगलबार चादी प्रति तोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज ७ हजार ३ सय रुपैया प्रति तोलामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्