१६ माघ २०८२, बिहिबार

१६ माघ २०८२, बिहिबार

१६ बर्षिया बालिका बलात्कृत , दुई जना पक्राउ एक फरार

कान्छो खवर । मंगलबार, माघ १४, २०८२

गाईघाट  १३   माघ  ।

डेरामा बसेकी १६ बर्षिय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने जना फरार रहेका छन् ।

प्रहरीले घटना भएकै रात दुई जनालाई पक्राउ गरेको हो ।करणी प्रकरणमा अर्को एक बालक फरार रहेकोेले खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार राति ९ बजेको समयमा त्रियुगा नगरपालिका ११  पिपल चौकमा उक्त घटना भएको थियोे ।डेराको घरमा बस्दै आएकी १६ बर्षिय ती बालिकालाई उनकै कोठामा गएर जबर्जस्ती करणी गरेको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा त्रिनपा १३ दनुवारी टोलका १९ बर्षिय बिकल दनुवार , सोही ठाउको १५ बर्षिय एक बालकलाई पक्राउ गरेको जनाएको छ । १६ बर्षिय अर्को एक बालक फरार रहेकोले उनको खोजी भैरहेको छ ।

घटना कसरी भयो भन्ने बारेमा प्रहरीले बिस्तृत विवरण दिएको छैन ।प्रहरीले जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत बाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्