१६ माघ २०८२, बिहिबार

१६ माघ २०८२, बिहिबार

सामाजिक संजाल मार्फत आफू विरुद्ध भ्रामक तथा तथ्यहिन सामग्री सार्वजनिक गरि मतदाता प्रभावित गर्ने प्रयास : बलदेव चौधरी

कान्छो खवर । मंगलबार, माघ १४, २०८२

गाईघाट   १३   माघ  ।

नेपाल कम्युनिस्ट पार्टी बाट प्रतिनिधि सभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ बाट उमेदवार बनेका बलदेव चौधरीले सामाजिक सन्जाल मार्फत आफू विरुद्ध भ्रामक र तथ्यहिन सामाग्री सार्वजनिक गरेर मतदाता प्रभावित पार्ने प्रयास गरेको आरोप लगाएका छन् ।

चौधरीले मंगलबार बिहान आफै निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीका वरिष्ठ नेता माधबकुमार नेपाल , आफनो उम्मेद्बारीलाई लक्ष्यित गरि असत्य  आरोप र कानुनी ब्यबस्थाको गलत ब्याख्या सहितको सामाग्रीहरु  केहि मोटिभेसन च्यानल र हाम्रो उदयपुर नामक सामाजिक संजालमा प्रसारण गरेको बताए ।

उनले ५० हजार ब्यक्तिलाई रोजगारी दिने योजनाको कार्यान्वयन भैसकेको र यश बारे फैलाइएको भ्रम विरुद्ध तथ्यको जाँच गर्न समेत अनुरोध गरेका छन् ।

उनले भ्रामक सामाग्री तत्काल हटाई सार्वजनिक रूपमा स्पष्टीकरण तथा क्षमायाचना गर्न संबंधित पक्षलाई आग्रह गरेका छन् । अब पनि यस्ता गतिविधि दोहोरीए बिधमान कानुन बमोजिम संबंधित निकायमा उजुरी दर्ता गरि कानुनी कारबाही अघि बढाइने उनले चेतावनी दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्