कान्छो खवर । आइतबार, माघ १२, २०८२
गाईघाट ११ माघ ।
प्रहरीले आइतबार दिउसो लालपत्ता चौक देखि लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ।
लहान देखि गाईघाट तर्फ आउदै गरेको बा. ९५ प ६२९१ नम्बरको मोटरसाइकल चेकजाँचक्रममा त्रियुगा नगरपालिका ६ लालपत्ता चौक देखि १५० एम्पुल लागूऔषध सहित चालक त्रिनपा ११ का २६ बर्षिय सबिन राईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले राईको साथ बाट डाइजेपाम ५० एम्पुल , फेनारगन ५० र ब्रुफिनोर्फिन ५० एम्पुल सहित १५० एम्पुल लागूऔषध बरामद गरेको हो ।
प्रहरी ले पक्राउ परेका राईलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्