१० माघ २०८२, शुक्रबार

प्रमुख राजनैतिक दलहरुका उमेदवारहरुले उम्मेद्बारी मनोनयन गरेका छन्

कान्छो खवर । मंगलबार, माघ ०७, २०८२

गाईघाट  ६    माघ  ।

नेपाली काङ्ग्रेस उदयपुरका पुर्ब सभापति बिदुर बस्नेतले उदयपुरको क्षेत्र नम्बर १ बाट उम्मेद्बारी मनोनयन गराएका छन् ।

पार्टी कार्यालय बाट जुलुस सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर बस्नेतले दिउसो तीन बजे उम्मेद्बारी मनोनयन गराएका हुन ।

त्यसै गरि नेकपा एमाले बाट सोही क्षेत्रको लागि दुर्गा कुमार थापाले दिउसो १ बजे उम्मेद्बारी मनोनयन गराएका छन् । जूलूस सहित उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्बारी दर्ता गराएका हुन ।

नेकपा बाट पुर्ब मेयर बलदेव चौधरी क्षेत्र नम्बर १ बाट उम्मेद्बारी दर्ता गराएका छन् । जूलूस सहित निर्वाचन कार्यालय पुगेर उनले दिउसो २ बजे उम्मेद्बारी मनोनयन गराएका छन् । रास्ट्रीय स्वतन्त्र पार्टीका  पारसमणि गेलालले समेत उम्मेद्बारी मनोनयन गराएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्