कान्छो खवर । आइतबार, माघ ०५, २०८२
गाईघाट ४ माघ ।
रास्ट्रीय प्रजातन्त्र पार्टीले उदयपुरको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनमा सुभासचन्द्र खड्कालाई उमेदवार बनाउने निर्णय गरेको छ ।
लामो समय देखि राप्रपा उदयपुरमा आबद्ध खड्कालाई आगामी फागुन २१ गते हुने निर्वाचनको लागि उमेदवार बनाउने निर्णय गरिएको राप्रपा जिल्ला अध्यक्ष ध्रुब रायमाझीले बताए । जिल्ला कार्य समितिको आइतबार बसेको बैठकले १ नम्बर क्षेत्र बाट उमेदवार बनाउने सर्बसम्मत निर्णय गरिएको उनलेे जानकारी दिए ।
उनले अब २ नम्बर क्षेत्र बाट उमेदवार हुनेको नाम तय गर्न बाकी रहेको र सोमबार उमेदवारको नाम सर्बसम्मत रूपमा घोषणा गरिने बताए ।
यहाँ कमेन्ट गर्नुहोस्