१५ फाल्गुण २०८२, शुक्रबार

सुनकोशीमा अस्थायी फेरि बाट तार्दै गरेको बस नदिमा खस्यो , कुनै मानवीय क्षेती भएन

कान्छो खवर । आइतबार, माघ ०५, २०८२

गाईघाट  ४  माघ ।

अस्थायी फेरीमाथि राखेर  तार्दै गरेको अबस्थामा आइतबार दिउसो  सुनकोशीमा  यात्रीबाहक खसेको छ ।

उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोसीमा प्लास्टिकको ड्रम प्रयोग गरेर बनाइएको अस्थायी फेरीमा राखेर बस तार्दै गर्दा फेरीको तार चुडिन गै दिउसो ११.३० बजेको समयमा  बस कोशीमा खसेको हो ।

इटहरी देखि भोजपुरको आमचोक तर्फ जादै गरेको बा.३ ख ६३३९ नम्बरको  बस फेरीको तार चुडिएर अनियंत्रित भै कोशीमा खसेको स्थानिय रोहित तामाङले बताए । बसमा निकै यात्री भए पनि बस तार्ने बेला सबैलाई गाडी बाट झारेको कारण मानवीय क्षेती नभएको तामाङले बताए ।

गाडीमा चालक र यात्री नहुदा  कुनै मानवीय नभएको प्रहरीले जनाएको छ ।  घटना लगत्तै स्थानिय र प्रहरीको सहयोगमा स्काभेटर मार्फत कोशी बाट बस निकालिएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्