कान्छो खवर । आइतबार, माघ ०५, २०८२
गाईघाट ४ माघ ।
नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनको लागि उदयपुरको दुबै क्षेत्रको उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।पार्टीले सनिवार देशै भरीका उमेदवारको नाम घोषणा गर्दा उदयपुरबाट दुर्गा थापा र अमरबहादुर रायमाझी परेका हुन् ।
थापा क्षेत्र नम्बर १ र रायमाझीको नाम क्षेत्र न. २ बाट उमेदवार रहेका छन् । थापा बेलका नगरपालिकाका पुर्ब नगरप्रमुख हुन् भने रायमाझी विघटित प्रतिनिधि सभाका सदस्य हुन् ।
पार्टीले टिकट दिएका उनिहरु पार्टी अध्यक्ष केपि ओलि निकट मानिन्छन् ।एमालेले उमेदवारको नाम सार्वजनिक गरे पनि अन्य पार्टीले भने उमेदवारको नाम सार्वजनिक गरेको छैन ।
यहाँ कमेन्ट गर्नुहोस्