१५ फाल्गुण २०८२, शुक्रबार

काङ्ग्रेस नेता नारायण खड्का द्वारा प्रस्तावित उमेदवार सुची बाट नाम हटाउन माग

कान्छो खवर । शनिबार, माघ ०४, २०८२

गाईघाट  ३  माघ  ।

नेपाली काङ्ग्रेसका नेता पुर्ब मन्त्री डा. नारायण खड्काले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उदयपुरको क्षेत्र नम्बर १ बाट  प्रतिनिधि सभा सदस्य  प्रस्तावित  सिफारिस सुचीमा राखिएको नाम   हटाउन केन्द्रिय समितिलाई माग गरेका छन् ।

उनले केन्द्रिय समितिको मुख्य सचीवलाई सम्बोधन गर्दै निजि सचिबालय मार्फत पत्रचार गर्दै सिफारिस सुची बाट नाम हटाउन आग्रह गरेका हुन । डा. खड्काको नाम प्रस्तावित उमेदवारको रूपमा काङ्ग्रेसले उदयपुर क्षेत्र नम्बर १ बाट सिफारिस गरेको थियोे ।

डा. खड्का  उक्त क्षेत्र बाट निरन्तर निर्बाचित हुदै आएका छन् ।तीन पटक निर्बाचित भएर उनले विभिन्न मन्त्रालय सम्भालि सकेका छन् ।

उनले प्रस्तावित नाम हटाउन गरेको पत्रमा मिति भने उल्लेख गरेका छैनन् ।तर सनिवार पत्र जारी गरेको खुल्न आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्