२८ पुष २०८२, सोमबार

सुनकोसीमा बेलिब्रीज जडानको काम सकिए पछी आज देखि यातायात सुचारु , अब गाईघाट – दिक्तेल सिधा यातायात संचालन

कान्छो खवर । आइतबार, पुष २७, २०८२

गाईघाट  २७  पौष  ।

गाईघाट देखि खोटाङ सम्मको सिधा यातायात सेवा आइतबार सुरु भएको छ ।

सगरमाथा लोकमार्ग ” गाईघाट -दिक्तेल सडक अन्तरगत फोक्सिङटारस्थित सुनकोसीमा अस्थाई बेलिब्रीज जडानको काम सकिए पछी सडक योजना कार्यालय गाईघाटले आज देखि सार्वजनिक यातायातका साधनहरु खुला गरेको हो ।

खोटाङको खोटेहाङ गाउपालिका ९ लिच्की राम्चे र उदयपुरको रौता गाउपालिका ६ आपटार जोड्ने कोशीको पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाए पछि खोटाङ सगको सिधा यातायात सेवा बिछ्यद भएको थियोे ।

यातायात सुचारू गर्न योजना कार्यालयले अस्थाई रूपमा कोशीमा  बेलिब्रीज जडान गर्न टेन्डर लगाएको हो ।एमएस आर्यन कन्ट्रक्सन मल्टी पर्पोज कटारी ३ले ९६ लाख ७७ हजार ९३७ रुपैयामा वेलिब्रीज जडान गरेको हो ।

झन्डै ६ महिना अबरुद्ध भएको दुबै जिल्लाको सिधा यातायात खुले संगै अब आबतजाबत र मालसामान ढुवानी सहज भएको खोटाङका शिक्षक टंक पोख्रेलले बताए ।

योजना कार्यालय गाईघाटका प्रमुख दिपेश रजकले बेलिब्रीज जडानको काम सकिए पछी सार्वजनिक यातायात खुला गरिएको बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्