२७ पुष २०८२, आइतबार

गाईघाट – दिक्त्तेल सिधा यातायात भोलि देखि सुचारू , सुनकोशीमा बेलिब्रीज निर्माण सप्पन्न

कान्छो खवर । शनिबार, पुष २६, २०८२

गाईघाट  २६ पौष  ।

सुनकोसीमा बेलिब्रीज जडान पछि आइतबार देखि गाईघाट – दिक्त्तेल सिधा यातायात सेवा सुचारु हुने भएको छ ।

खोटाङको खोटेहाङ गाउपालिका ९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउपालिका ६ आपटार जोड्ने सुनकोशीको पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाए पछी अबरुद्ध भएको दुई जिल्लाको सिधा यातायात बेलिब्रीज जडान भए संगै भोलि देखि सुचारू हुने भएको हो ।

दित्तेल – गाईघाट सडक योजना कार्यालयका योजना प्रमुख दिपेश रजकले आइतबार देखि दुई जिल्ला बीच सिधा यातायात सेवा सुचारू हुने बताए ।  बेलिब्रीज जडानको सबै काम पुरा भएकोले भोलि देखि यातायात सुचारु हुने  उनले बताए ।

कुनै औपचारिक कार्यक्रम नगरी सिधै यातायात खुला हुने उनले बताए ।बेलिब्रीज जडान सकिएकोले यातायात संचालन भोलि देखि खुला गरिने उनले बताए ।

एमएस आर्यन कन्ट्रक्सन मल्टी पर्पोज कटारी ३ले ९६ लाख ७७ हजार ९३७ रुपैयाको लागतमा निर्माण गरेको बेलिब्रीज ५० मिटर लामो रहेको आयोजना कार्यालयले जनाएको छ ।

 

 

 

यहाँ कमेन्ट गर्नुहोस्