२७ पुष २०८२, आइतबार

लागूऔषध सहित एक युवा पक्राउ

कान्छो खवर । शुक्रबार, पुष २५, २०८२

गाईघाट  २५ पौष  ।

प्रहरीले लागूऔषध सहित एक युवालाई  शुक्रबार दिउसो बोक्से बाट पक्राउ गरेको छ ।लागूऔषधको कारोबार भैरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर बाट खटिएको प्रहरीले त्रियुगा नगरपालिका १० बोक्से चौक देखि त्रिनपा ९ रातमाटेका रेम्बो भनिने ३२ बर्षिय जाहान सिह खत्रीलाई पक्राउ  गरेको हो ।

प्रहरीले खत्रीको साथ बाट प्रतिबन्धित ४५० एम्पुल लागूऔषध समेत बरामद गरेको छ । १५० एम्पुल डाइजेपाम , फेनारगन १५०एम्पुल र ब्रुफिर्नोफिन १५० एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ

खत्रीको साथ बाट झन्डै ३९ हजार नगद , सुनको गहना र मोबाइल फोन समेत बरामद भएको छ ।पक्राउ परेका खत्रीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर अनुसन्धान भैरहेको एसपि राजन चापागाईंले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्