२७ पुष २०८२, आइतबार

त्रियुगा नगरपालिका १२ मा एक दिने आँखा शिबिर , ३ सय जनाले आँखा जाच गराए

कान्छो खवर । शुक्रबार, पुष २५, २०८२

गाईघाट   २५  पौष  ।

त्रियुगा नगरपालिका वडा नम्बर १२ले आयोजना गरेको एक दिने आँखा शिबिरमा ३सय  जनाले सेवा लिएका छन् ।

तिलगङगा आँखा अस्पताल काठमाडौको प्राबिधिक सहयोगमा शुक्रबार  भएको शिबिरमा वडाका बासिन्दाहरुले आँखा जाच गराएका थिए  ।तिलगंगा अस्पताल बाट आएका बरिस्ठ चिकित्सकहरुले महिला , पुरुष , बालबालिका र जेष्ठ नागरिकहरुको आँखा जाच गरेका थिए ।

वडा सदस्य लक्ष्मी चौधरीले ३ सय जनाले आँखा चेकजाच गराएको बताए । शिबिरको सबै ब्यबस्थापन वडाले गरेको र बिरामीलाई निशुल्क औषधि वितरण गरिएको बताए ।

त्रियुगा नगरपालिकाकि उपमेयर महेश्वरी राईले काठमाडौ बाट आएका चिकित्सक सहितको प्राबिधिक टोलिलाई स्वागत गर्दै शिबिरको उद्घाटन गरेकी थिईन

यहाँ कमेन्ट गर्नुहोस्