१५ पुष २०८२, मंगलबार

उदयपुरमा १० हजार नंया मतदाता थपिए

कान्छो खवर । मंगलबार, पुष १५, २०८२

गाईघाट  १५   पौष  ।

उदयपुरमा  १० हजार नंया मतदाता थपिएका छन् ।२०७९ सालको निर्वाचनमा २ लाख २८ हजार ९४६ मतदाता रहेकोमा अहिले मतदाता संख्या २ लाख ३८ हजार ९२६ रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

फागुन २१ गते  हुने निर्वाचनमा जिल्लामा १० हजार नंया मतदाता थप भएको निर्वाचन कार्यालयका प्रमुख दिपक दाहालले बताए ।उनले जिल्लाको क्षेत्र नम्बर १ मा ७१ हजार ४९२ पुरुष र ७१ हजार ३५० महिला गरि कुल १ लाख ४२ हजार ८०४ मतदाता रहेको बताए ।

त्यसै गरि क्षेत्र नम्बर २ मा पुरुष ५० हजार ४१४ र महिला ५४ हजार ७०८ गरि कुल मतदाता संख्या ९६ हजार १२२ रहेको उनले बताए । अहिले पुरुष मतदाताको संख्या १ लाख २१ हजार र महिला मतदाताको संख्या १ लाख १७ हजार ५८ र अन्य २ जना रहेको दाहालले बताए ।

क्षेत्र नम्बर १ मा तीन वटा नगरपालिका रहेकोमा चौदण्डिगढी नगरपालिकामा २० हजार ६६ पुरुष  र २० हजार २८३ महिला गरि कुल ४० हजार ३९४ जना मतदाता रहेका छन् । बेलकामा १७ हजार ५४० पुरुष र १६ हजार ६६० महिला गरि कुल ३४ हजार २ सय मतदाता रहेका छन् ।त्यसै गरि त्रियुगामा ३३ हजार ८४६ पुरुष र ३४ हजार ४०७ महिला गरि जम्मा ६८ हजार २२५ मतदाता रहेको कार्यालय प्रमुख दाहालले बताए ।

क्षेत्र नम्बर २ को उदयपुरगढी गाउपालिकामा पुरुष ११ हजार ९९ र महिला ९ हजार ७८० गरि जम्मा मतदाता संख्या २० हजार ८७९ रहेको छ ।रौतामाईमा पुरुष ७ हजार ९६५ र महिला ७ हजार २८ गरि १४ हजार ९९३ जना मतदाता रहेका छन् ।लिम्चुङबुङमा पुरुष ४ हजार ५६५  महिला ४  हजार १२४ गरि ८ हजार ६८९ र ताप्ली गाउपालिकामा पुरुष ५ हजार २८८ र महिला ४ हजार ८६७ गरि १० हजार १५५ जना मतदाता रहेकोे निर्वाचन कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा रहेको एक मात्र कटारी नगरपालिकामा पुरुष २१ हजार ४९७ र महिला १९ हजार ९०९ गरि ४१ हजार ४०६ मतदाता रहेको प्रमुख दाहालले बताए ।

आगामी निर्वाचनको लागि क्षेत्र नम्बर १ मा ५२ मतदान स्थल र १६० मतदान केन्द्र रहेको छ भने क्षेत्र २ मा ५१ वटा मतदान स्थल र ११५ वटा मतदान केन्द्र रहेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्