१० पुष २०८२, बिहिबार

जंगली हात्तीको बिगबिगी , नगर क्षेत्रमा १२ घर भत्कायो

कान्छो खवर । बुधबार, पुष ०९, २०८२

गाईघाट  ९  पौष  ।

केहि दिन यता त्रियुगा नगरपालिकाको विभिन्न ठाउहरुमा जंगली हात्तीले आतंक फैलाएको छ । त्रिनपाको ५, ६ र ७ वडामा जंगली हात्तीले १२ वटा घरलाई क्षेती पुर्याउदा झन्डै १ लाख ४० हजार बराबरको धनमाल नोक्सानी भएको प्रहरीले जनाएको छ ।

जङ्गलबाट आएको उक्त हात्तीले वडा नम्बर ५ बेलचौरीका रेबती सदाको १० हजार बराबरको क्षेती गरेको छ भने बिजय सदा , बृहस्पति सदा  , गणेश बहादुर बुढाथोकी ,रुद्र पोख्रेल ,बिष्णु भुजेल ,मनकुमारी राई ,त्रिनपा ६ मोहनपुरका बिन्दा परियारको घरलाई क्षेती पुर्याएको प्रहरीले जनाएको छ ।

त्यसै गरि जंगली हात्तीले वडा नम्बर ७ चकलघाट निबासी  नर्भदा कार्की, मानबहादुर बिक , गङगामाया कार्की र राजन कार्कीको घर भत्काएको प्रहरीले जनाएको छ । जंगली हात्ती भगाउन प्रहरी र स्थानिय बासिन्दालाई परिचालन गरिएको एसपि राजन चापागाईंले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्