कान्छो खवर । बुधबार, पुष ०९, २०८२
गाईघाट ९ पौष ।
कोशी प्रदेशका खानेपानी तथा सिचाइ मन्त्री एकराज कार्कीले बुधबार अपर बरुवा सिचाइ आयोजनाको अनुगमन गरेका छन् ।
त्रियुगा नगरपालिका १० बाबरी स्थित बरुवा खोलामा प्रदेश सरकारको ४ करोड ५३ लाख ६६ हजार ९१० रुपैयाको लागतमा बहुबर्षिय योजना अन्तरगत गत बर्ष देखि निर्माणकार्य सुरु भएको उक्त योजनाको मन्त्री कार्कीले अनुगमन गरेका हुन् ।
त्रियुगाको वडा नम्बर ९ र १० मा सिचाइ सुबिधा पुर्याउने उदेश्य अनुरुप सुरु गरिएको उक्त आयोजना ठेक्का मार्फत स्वामी नारायण निर्माण सेवा सुनसरीले काम गरिरहेको डिभिजन सिचाइ कार्यालय उदयपुरका लेखापाल बिजय गेलालले बताए ।
मन्त्री कार्की संगै आयोजना अनुगमनको लागि मेयर बसन्त बस्नेत , १० नम्बर वडाका अध्यक्ष किरण पाण्डे , नेकपा एमालेका अध्यक्ष भागबत राउत निर्माण स्थानमा पुगेका थिए ।
यहाँ कमेन्ट गर्नुहोस्